फाप्लु–काठमाडौँ हवाई सेवा सातामा चार दिन सञ्चालन हुने

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँका लागि अब सातामा चार दिन नियमित उडान हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, फाप्लुका अनुसार नेपाल एयरलाइन्सले हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान भर्नेछ।

नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो। प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यले जहाजको मर्मत सम्पन्न भएसँगै पुनः उडान सञ्चालन सम्भव भएको बताए। यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउन्डेड’ हुँदा पुस महिनादेखि चैतसम्म सो मार्गमा उडान हुन सकेको थिएन।

EPIC EPIC EPIC

नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाले जानकारी दिएअनुसार, गत पुस महिनादेखि चैत्रसम्म यो हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो। सल्लेरीका व्यवसायी महेश अधिकारीले जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउनका लागि ‘बीपी राजमार्ग’ को कष्टकर सडक यात्राबाट मुक्ति मिलेको बताए। तर, उनले यो सेवा निरन्तर र भरपर्दो हुनुपर्नेमा जोड दिए। विगतमा जहाज नचल्दा यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा धेरै कठिनाइ भएको उनले स्मरण गरे।

पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायीहरू उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च