फिदिममा बोलेरो दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

फिदिम । पाँचथर सदरमुकाम फिदिमदेखि जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको बोलेरो फिदिम नगरपालिका ४ चुम्देन चोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बोलेरोमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी फिदिम नगरपालिका १ का २० वर्षीय अजुर्न संकरको घटनास्थलमै मृत्यु भएको हो । सुनसरीको धरान घर भएका बुलेरो चालक पार्वत गुरुङ र झापाको गरामुनी १ घर भएका २१ वर्षीय अर्जुन मगर गम्भीर घाइते भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार घाइते दुवैजनालाई उपचारका लागि झापाको बिर्तासीटी अस्पताल रेफर गरिएको छ । पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई झापा रेफर गरिएको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजनाको वातावरण स्रोत व्यवस्थापनसम्बन्धी अध्ययन गर्ने प्राविधिक टोलि सवार बुलेर दुर्घटनामा परेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *