Search
Close this search box.
Search
Close this search box.

फुटपाथ व्यवस्थापनका लागि दबाब होइन सुझाव दिनुहोला : उपमेयर डंगोल

फुटपाथ व्यवस्थापनका लागि कुनै पनि सुझाव छन् भने दिनुहोला । तपाईंहरुको सुझावका लागि महानगरपालिकाको ढोका सधैं खुला छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फुटपाथ व्यवस्थापनका लागि दबाब भन्दा पनि सुझावको बढी आवश्यकता रहेको बताएकी छन् ।

काठमाडौं महानगरपालिकाको फुटपाथ व्यवस्थापनका विषयमा विभिन्न खाले चर्चा भैरहेका बेला डंगोलले यस्तो आग्रह गरेकी हुन् ।

EPIC

‘फुटपाथ व्यवस्थापनका लागि कुनै पनि सुझाव छन् भने दिनुहोला । तपाईंहरुको सुझावका लागि महानगरपालिकाको ढोका सधैं खुला छ’, उनले भनिन्, ‘हामीलाई दबाब होइन सुझावको आवश्यकता छ । तपाईंहरुका सुझावलाई हामी कार्यान्वयनका लागि सक्दो प्रयास गर्ने छौँ ।’

उनले फुटपाथको व्यवस्थापन काठमाडौं महानगरपालिकाको मात्रै नभई मुलुका सबै सहरहरुले भोगिरहेको समस्या भएको पनि उल्लेख गरिन् ।

‘यो समस्या काठमाडौं महानगरपालिकाको मात्रै होइन । त्यसैले यो समस्यालाई केन्द्र सरकारले पनि विषेश महत्वका साथ हेर्नुपर्छ र त्यसका लागि एकीकृत नीति–नियम बनाउनुपर्छ’, उनले भनिन्, ‘यसो भयो भने मात्रै मुलुकभरीकै सहरका फुटपाथ व्यापारको एकीकृत समाधान खोज्न सकिन्छ । म केन्द्र सरकारलाई यो आग्रह गर्न चाहन्छु ।’

उनले त्यसका लागि सहकार्य गर्न काठमाडौं महानगर तयार रहेको पनि बताइन् । ‘एउटा सहर र महानगर केन्द्रित भएर यो समस्याको दीगो समाधान गर्न सकिँदैन’, उनले भनिन्, ‘यो धेरै अघिदेखिको समस्या हो । पहिला किन समाधान गरिएन होइन अब दीगो रुपमा समाधान गर्नतर्फ सबै लागौँ ।’

डंगोलले काठमाडौं महानगर केन्द्रको राजधानीको समेत महानगर भएको भन्दै यहाँ ७७ वटै जिल्ला र ७ सय ५२ वटै पालिकाका नागरिक विभिन्न पेशा-व्यवसायका लागि आएका हुने भएकाले यहाँको समस्या समाधानका लागि थप महत्वका साथ केन्द्र सरकारले हेर्नु पर्नेमा उनको जोड छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *