Search
Close this search box.
Search
Close this search box.

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो

काठमाडौं। संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ ।

राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल सफल भएको हो ।

EPIC

यता, बिहीबार भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । त्यस्तै, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए ।

यो मत परिणामले राष्ट्रिय सभामा दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

एमाले लगातार ६ वर्षदेखि राष्ट्रियसभाको पहिलो दल थियो । २०७४ माघ २४ मा भएको निर्वाचनबाट पहिलो बनेको एमाले बिहीबारदेखि तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा एमालेका १७ जना सांसद थिए । ८ जनाको पदावधि सकिएर बिदा हुने बेलामा राप्रपासँग तालमेल गरेर कोशीमा एक सिट जिते पनि ७ सीट गुमाएको छ । अब १० जना सांसद हुने भएकाले प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको हो ।

राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी (जसपा) का ३ संसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १÷१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रदेशहरुबाट ८÷८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् । नेपालको संविधान २०७२ जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि २, ४ र ६ वर्ष गरी गोला प्रथाबाट तय गरिएको थियो ।

गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेकाहरुको पदावधि २०७६ फागनु २१ मा सकिन लाग्दा माघ ९ मा १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन भएको थियो ।

उक्त निर्वाचनबाट तत्कालीन एमाले–माओवादीको नेकपाले १६ सिट जितेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने तीन जनाबाहेक ४७ जना नेकपाका सांसद थिए । एक भएका एमाले–माओवादी वैधानिक कारणले छुट्टिए भने एमालेबाट विभाजित भएर नेता माधवकुमार नेपाल समूहले छुट्टै दल एकीकृत समाजवादी गठन गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

suraj-khanal

सुरज खनाल

खनाल समसामहिक विषयवस्तु तथा युुवाका क्षेत्रमा कलम चलाउने स्तम्भकार हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *