फेसबुकको पासवर्ड परिवर्तन गरिरहन बिज्ञको सुझाव

बुद्धशान्ति-सामाजिक संजालको पासवर्ड कसैलाई पनि नदिन र बारम्बार परिवर्तन गरिरहन बिज्ञले सुझाव दिएका छन् ।
बुधबारे जेसिसले बुधबारे स्थानीय सितारमेश क्याम्पसमा आयोजना गरेको साइबर क्राईम र लागु-औषध बिरुद्धको सचेतना कार्यक्रममा सहभागीहरुलाई सो बारे सचेत गराएका हुन्।
प्रशिक्षकहरुले सामाजिक संजाल प्रयोगकर्ताले आफ्नो गोपनियता कायम गर्न सके सम्भावित धेरै अपराधबाट बच्न सक्ने बताए।
नेपाल प्रहरीको सहयोगमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यलय धुलाबारीका प्रहरी निरिक्षक अनिल माबोहाङ र साइवर अपराध बारे आइटि स्टुडेन्ट्स अफ नेपालका शुशिल फुयालले सहजीकरण गरेका थिए।

बुद्धशान्तिका बिभिन्न बिद्यालय एंव क्याम्पसका बिद्यार्थी र अन्य सहभागीहरुलाई प्रशिक्षण दिदै उनिहरुले सामाजिक संजालको प्रयोग सहि ढङ्गबाट गर्न नजान्दा धेरैजना अप्ठ्यारोमा पर्ने गरेको बताए।

प्रहरी निरीक्षक माबोहाङले साइबर अपराधसँगै लागु औषध प्रयोगमा समेत ध्यान दिनुपर्ने बताएका छन्।
उनले भने, ‘ आफ्नो परिवारमा कोहि सदस्य ढोका थुनेर बस्छ भने अब निगरानी गर्ने बेला भएछ भनेर बुझ्नुस कि त उ लागुपदार्थमा लिप्त भयो या त मोबाईलको जालोमा परिसक्यो’

आइटि स्टुडेन्ट्स अफ नेपालका फुँयालले नेपालमा ढिलो गरी विकास भएको भएपनि साइबर अपराधको हिसाबले उच्च जोखिममा रहेको तथ्यांक प्रस्तुत गरेका थिए।
उनले बढी साइबर अपराध हुने मुलुकहरूमा नेपाल ५४औं नम्बरमा रहेको बताए।

४० जनाको सहभागिता रहेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं सितारमेश क्याम्पसका प्रमुख केशव ढुङ्गेलले चेतनामूलक कार्यक्रमका लागी आफ्नो क्याम्पसलाई रोजेको भन्दै खुशि ब्यक्त गरे। उनले बदलिँदो परिवेश अनुरुप बिद्यार्थीहरुको गतिविधि पनि बदलिएको भन्दै त्यसतर्फ सबैलाई सचेत हुन आग्रह गरेका थिए।

EPIC EPIC EPIC

बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले युवाहरुको सस्था जेसिजले नयाँ र पुरानो दुबै पुस्तालाई समेट्ने गरी कार्यक्रम संचालन गरिरहेको जानकारी दिएका थिए।
अध्यक्ष भट्टराईले सबै उमेरसमुहका मानिसहरूलाई आवश्यक पर्ने भएकाले साइबर क्राइम र युवाहरुमाझ जटिल बन्दै गएको दुर्व्यसनलाई सम्बोधन गर्दै आगामी दिनमा पनि कार्यक्रम संचालन गर्ने बताए।

कार्यक्रमका संयोजक बुधबारे जेसिजका उपाध्यक्ष जेसी बिष्णुप्रसाद लामिछानेले अन्जानमा धेरै नेपालिले साइबर अपराधको सिकार बन्ने गरेको भन्दै यस्ता कार्यक्रमहरु हरेक घरसम्म पुग्नुपर्ने बताएका थिए।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय बुधबारेका सह-इन्चार्ज शोभा पराजुली,बुधबारे जेसिजका पुर्वाध्यक्षहरु नन्दु राई,रमेश बराल लगायत जेसिजका अन्य पदाधिकारीको समेत सहभागिता रहेको जेसिज सप्ताहका संयोजक रुद्र निरौलाले बताए।
कार्यक्रमको संचालन महासचिव अर्जुन ढकालले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च