फोनिज झापाको अध्यक्षमा अर्जुन राजवंशी

झापा, माघ १९ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन्। फोनिज झापा स्थापना भएको २५ वर्षपछि पहिलो पटक आदिवासी समुदायको नेतृत्व चयन गरिएको हो।

बिर्तामोडमा सम्पन्न फोनिजको सातौं जिल्ला अधिवेशनले राजवंशीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवगठित कार्यसमितिमा उपाध्यक्ष तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई, कोषाध्यक्ष नरेश गुरुङ चयन भएका छन्। सदस्यहरूमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया, मिना नेम्बाङ, सुमन बेघा, र डिके शेर्मा रहेका छन्।

EPIC EPIC EPIC

अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि दीपिन राई, गणेशमान मुखिया, भूमिका फियाक, विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती, र सुशन राईलाई प्रतिनिधि चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि फोनिजका संघीय उपाध्यक्ष कमन देवान रहेका थिए भने अध्यक्षता जिल्ला अध्यक्ष भूमिका फियाकले गरे। कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

सोही अवसरमा स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार विष्णु सुब्बालाई प्रदान गरियो, जसको राशी २५ हजार रुपैयाँ रहेको छ। साथै, उदीयमान पत्रकारिता पुरस्कार (राशि ५ हजार रुपैयाँ) रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ। कार्यक्रममार्फत रजत वर्ष स्मारिका विमोचन समेत गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *