बंगलादेश वायुसेनाको एफ–७ प्रशिक्षण विमान दुर्घटनामा पर्दा एक जनाको ज्यान गुमेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार दिउँसो बंगलादेशको राजधानी ढाकाको उत्तरी क्षेत्रको दियाबारी क्षेत्रमा विमान दुर्घटनामा परेको हो।
उक्त विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेकाले केहीबेर ‘अफरातफरी’ मच्चिएको थियो।
दुर्घटनामा एक जनाको मृत्यु भएको तथा केही घाइते भएको सेना र अधिकारीहरूले बताएका छन्।