बंगालको खाडीबाट भित्रिएको प्रणालीका कारण देशभर वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस मौसमी प्रणालीले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *