बगान युथ क्लब तेस्रो बुट्टाबारी च्यालेन्ज कपको च्याम्पियन

बिर्तामोड, फागुन २७ – कचनकवलको बगान युथ क्लबले तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा हिजो सम्पन्न फाइनल खेलमा बगान युथ क्लबले आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो।

EPIC EPIC EPIC

उपाधिसँगै बगान युथ क्लबले नगद २ लाख २ हजार २२२ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बुट्टाबारी युनाइटेड क्लबले भने नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल हात पार्‍यो।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो। खेल अवधिभर दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि बगानले निर्णायक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *