प्रधानमन्त्री पुष्पकलम दाहालले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
शुक्रबार भूकम्प प्रभावित क्षेत्र बझाङ पुगेका प्रधानमन्त्री दाहालले सथलगत अवलोकनपछि चैनपुरमा आयोजित सभा मार्फत सो घोषणा गरेका हुन्।
पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन्।
तीनै तहको सरकारको समन्वयमा क्षति मूल्याङकन गरी कार्यविधि बनाएर पुनर्निर्माण गर्ने उनले प्रतिबद्धता जनाएका छन्। सरकारी भवनमा भएको क्षति मूल्याङकन गरी पुननिर्माण गर्ने उनले बताएका छन्।
यस्तै सरकारले राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडाको व्यवस्थापन भएको छ। थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ।
 
								 
															

















