बझाङ। बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार मध्यराती १२ बजेर २२ मिनेटमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प गएको खानी तथा भुगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो ९ दिनमा बझाङ केन्द्रपविन्दु भएर यो १६ पटक भूकम्पको धक्का मापन गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टरको पहिलो धक्का महसुस भएको थियो ।
उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्र विन्दु बनाएर ६.३ रेक्टरको दोस्रो पटक भूकम्प गएको थियो ।
यस्तै असोज १६ गते नै दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, ५ बजेर १९ मिनेटमा सातौँ, ५ बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो ।
त्यस्तै असोज १७ गते बुधबार मध्यराती १२ बजेर १६ मिनेटमा, १२ बजेर ५० मिनेटमा, बिहान ४ बजेर २७ मिनेटमा र ५ बजेर ४३ मिनेटमा भूकम्पन गएको थियो । भने असोज १८ गते बिहीबार राति १० बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।