बडादसैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तस्रो अवतार चन्द्रघण्टाको पूजा एवं आराधना गरी मनाईदै छ । देवी चन्द्रघण्टाको पूजा उपासनाबाट भगवतीको कृपा प्राप्त भएमा साधकको कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भय हुने, तथा घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा हुने पौराणिक मान्यता छ ।

निधारमा अर्धचन्द्राकार चन्द्र, सुन जस्तै चम्किलो शरीर, दश हात भएकी, युद्धको लागि सदैव तयार रहने, सौम्य तथा शान्तिदायक देवीको स्वरुपलाई चन्द्रघन्टा भनिन्छ । चन्द्रघण्टाको अर्थ चन्द्र र घण्टा मिलेर बनेको छ । मस्तकमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएको कारणले नवदुर्गाको तेश्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *