काठमाडौँ। आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ।
आज रातिको मौसम पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको भनाइ छ।



















