बनियानीमा अव्यवस्थित बस पार्किङले बढायो दुर्घटनाको जोखिम

कचनकवल। कचनकवल गाउँपालिका–६ बनियानीमा अव्यवस्थित बस पार्किङका कारण दुर्घटनाको जोखिम उच्च बनेको छ। चारआली–केचना सडकखण्डमै भिजन ब्लक हुने गरी बसहरू अनियमित रूपमा पार्किङ गरिँदा सवारी दुर्घटनाको सम्भावना बढेको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।


मेची राजमार्ग अन्तर्गत पर्ने बनियानी बजार क्षेत्रमा ‘रकेट’ नामक एक रात्रीकालीन बसले सडक छेउमै पार्किङ गर्दा बजार प्रवेश गर्ने सवारी साधनको दृश्यावरोध हुने गरेको छ। यसले यात्रु, विशेषगरी विद्यार्थी तथा सर्वसाधारणको ज्यान नै जोखिममा पार्ने स्थानीयहरूको गुनासो छ।
स्थानीय बासिन्दा दीपक अधिकारी भन्छन्, दैनिकजसो बजार आउँदै गर्ने मानिसहरूको ज्यान जोखिममा पर्छ। जबसम्म कसैको ज्यान जाँदैन, तबसम्म हाम्रो समाजमा जिम्मेवार निकाय जाग्दैन।”

EPIC EPIC EPIC EPIC EPIC


त्यस्तै अर्का स्थानीय खड्ग राजवंशीले भने, “धेरैपटक बसधनीलाई सम्झायौं, तर सुन्ने कोही छैन। प्रशासन मौन छ, प्रहरी तमाशा हेरेर बसिरहेको छ।” उनले थपे, “काठमाडौंमा ट्राफिक नियम पालना गर्ने चालकहरू यहाँ आएपछि आफूलाई साशक ठान्छन्, अरूको नियमको कुनै परवाह गर्दैनन्।”

स्थानीयवासीहरूका अनुसार यस्तो जोखिमपूर्ण पार्किङ रोक्न तत्काल प्रहरी प्रशासनको ध्यान जानु आवश्यक छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *