बनियानी। झापाको कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीमा कुकुरको टोकाइबाट सात जना घाइते भएका छन्। त्यस्तै, केही चौपाया पनि आक्रमणको सिकार बनेका छन्।
स्थानीयका अनुसार कालो रङको एक कुकुरले आज दिनभर विभिन्न व्यक्तिहरूलाई आक्रमण गरेको हो। हालसम्म ७ जना मानिस घाइते भएका छन् भने गाई-बाख्रालाई समेत टोकेको जानकारी छ।
घाइतेहरूको प्रारम्भिक उपचारका लागि बनियानीस्थित स्वास्थ्य केन्द्रमा लगिएको भए पनि रेबिज खोपको अभावका कारण उनीहरूलाई भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्थानान्तरण गरिएको थियो त्यहाँ पनि खोप अभाव देखिएपछि केहीले निजि अस्पताल/क्लिनिकमा गएर खोप लगाइरहेका छन्।