Search
Close this search box.
Search
Close this search box.

बनियानी जाँदै गरेको म्याजिक भ्यान भद्रपुरमा दुर्घटना, सात जना घाइते

भद्रपुर। झापाको भद्रपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आइतबार साँझ ६.१० बजे भद्रपुर–४ रमिला चोकमा भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ ज ३६५७ नम्बरको म्याजिक आफै अनियन्त्रित भई दुर्घटना भएको हो । म्याजिक नालामा कोल्टे परेको र अहिले घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा कचनकवल –६ बस्ने वर्ष ३७ की कुन्ती दाहाल(घाँटीमा भित्री चोट अवस्था सामान्य ), भद्रपुर नगरपालिका –२ बस्ने वर्ष ३६ की बेबी मगर (करङ र घाँटीमा भित्री चोट अवस्था सामान्य ) सोही ठाउँ बस्ने वर्ष ३४ की भिमा गुरुङ (चोट नदेखिएको अवस्था सामान्य ), वर्ष १८ की सुनो लिम्बू (ढाँडमा भित्री चोट अवस्था सामान्य ) वर्ष २९ की समीक्षा तामाङ (दाहिने गाला र दाहिने हातमा सामान्य चोट ) वडा नं ३ बस्ने वर्ष ३० की एलिजा गुरुङ (टाउकोमा भित्री चोट अवस्था सामान्य ) वडा नं १ बस्ने वर्ष ४७ का गाडी धनी भीमकुमार लिम्बू (घाँटीमा भित्री चोट अवस्था सामान्य ) रहेका छन् ।

EPIC EPIC

घाइतेहरूको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । म्याजिक चालक भद्रपुर १ हिमाली बस्ने वर्ष ५१का दिलीप सारूँ मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *