Search
Close this search box.
Search
Close this search box.

बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्धारा दर्जनौं सेल अश्रुग्यास प्रहार

गोलबजार । सिरहामा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ । झडपमा सिके राउन नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जन सवारीसाधन तोडफोड गरेका छन् ।

प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सिरहाको औरी गाउँपालिकामा किसानले गाउँपालिकाको कार्यालयबाट तालाफोडेर गहुँको बिउ लिएपछि विवाद चुलिएको हो ।

EPIC

किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि सिके राउत नेतृत्वको जनमत पार्टीले उनीहरूको रिहाइएको माग गर्दै आमहड्तालको घोषणा गरेको हो ।

बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरे । सवारीसाधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल प्रयोग गरेको हो ।

जस कारण दोहोरो झडप भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । स्थिति भयावह भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *