Search
Close this search box.
Search
Close this search box.

बम्जनलाई सर्लालाही अदालतमा अपस्थित गराउने तयारीमा प्रहरी

मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ।

EPIC

आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो।यो मुद्दामा जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले बुधबार त्यहाँ उपस्थित गराएपछि अन्यत्रका मुद्दाबारे पनि अध्ययन गर्ने सीआईबी स्रोतले बतायो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *