दिपेन्द्र लुईटेल भोजपुर — अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन्। घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो। विस्थापितलाई आफन्तको घर र स्थानीय क्लबको भवनमा राखिएको प्रहरीले जनाएको छ। विस्थापित परिवारमा विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राई रहेका छन्।