बलिउड अभिनेता ‘भारत कुमार’को ८८ वर्षको उमेरमा निधन

नयाँ दिल्ली। बलिउडका प्रसिद्ध अभिनेता मनोज कुमारको ८८ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार (४ अप्रिल) बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा उनले अन्तिम सास लिए।

मनोज कुमार हिन्दी सिनेमा उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि विशेष चर्चित थिए। ‘क्रान्ति’, ‘उपकार’, ‘शहीद’, ‘पूरव और पश्चिम’, ‘रोटी कपडा और मकान’ जस्ता सुपरहिट फिल्महरूमार्फत उनले अमिट छाप छोडेका छन्। उनका फिल्महरूले भारतीय समाजमा देशभक्तिको भावना जगाउने काम गरेकाले उनलाई ‘भारत कुमार’ उपनाम दिइएको थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

१९३७ मा अविभाजित भारतको एवटावाद (हाल पाकिस्तान) मा जन्मिएका मनोज कुमारको वास्तविक नाम हरिकृष्ण गोस्वामी हो। सन् १९४७ मा भारत-पाकिस्तान विभाजनपछि उनको परिवार भारत बसाइँ सरेको थियो।

सन् १९५७ मा फिल्म ‘फैशन’ मार्फत अभिनय यात्रा सुरु गरेका उनले ‘हरियाली और रास्ता’ (१९६२), ‘वो कौन थी?’ (१९६४) जस्ता फिल्महरूसँग लोकप्रियता हासिल गरे। उनले न केवल अभिनय गरे, तर निर्देशकका रूपमा पनि सफल भए। विशेष गरी ‘उपकार’ (१९६७) फिल्मबाट उनले निर्देशनमा डेब्यू गरेका थिए, जुन तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीको ‘जय जवान, जय किसान’ नाराबाट प्रेरित थियो।

मनोज कुमारले आफ्नो करियरमा एक दर्जनभन्दा बढी देशभक्तिपूर्ण फिल्महरू दिएका छन्। उनको योगदानलाई कदर गर्दै भारत सरकारले उनलाई सन् १९९२ मा ‘पद्मश्री’ पुरस्कार र सन् २०१५ मा फिल्म क्षेत्रको सर्वोच्च सम्मान ‘दादा साहेब फाल्के पुरस्कार’ प्रदान गरेको थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मनोज कुमारको निधनमा शोक व्यक्त गर्दै भनेका छन्, ‘प्रख्यात अभिनेता तथा फिल्म निर्माता मनोज कुमारजीको निधनले गहिरो दुःख लागेको छ। उहाँ भारतीय सिनेमाका एक प्रतीक हुनुहुन्थ्यो, विशेषगरी उहाँलाई देशभक्तिको जोशका लागि सम्झिइने गरिन्छ। यो कुरा उहाँका फिल्महरूमा पनि प्रतिबिम्बित भएको थियो। मनोजजीका कर्मले राष्ट्रिय गौरवको भावना जगायो। उहाँ आउने पुस्ताका लागि पनि प्रेरक व्यक्तित्व बनिरहनुहुनेछ। यो शोकको घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति मेरो समवेदना छ।’

मनोज कुमारको निधनले भारतीय फिल्म उद्योगले एक महान अभिनेता, निर्देशक तथा देशभक्त कलाकार गुमाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *