बसमा सवार यात्रुको मृत्यु भएपछि चालक र सहचालक प्रहरी नियन्त्रणमा

महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेका छन् ।

भारतबाट घर फर्कँदै गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए । जोशी पाटन आइपुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो । अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

EPIC EPIC EPIC

जोशीको मृत्युको कारण खुलेको छैन । बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च