बाँकेको सामुदायिक बनमा पाटेबाघ मृत फेला

बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मदुईको कचनापुरमा पाटेबाघ मृतावस्थामा भेटिएको छ। 

कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझतिर वयस्क पाटेबाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

मृतावस्थामा भेटिएको बाघ यो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो। बाघले स्थानीय बासिन्दाले पालेको पशुचौपायालाई समेत क्षति पुर्‍याएको खड्काले बताए।

उनका अनुसार असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, असोज २ गते डिलबहादुर थारुको गाई, असोज ६ गते अमरबहादुर वलीको बाख्रा, असोज ८ गते पुंगीराम थारुको भैँसी, धनवीर थारुको गोरु र मंगलबार भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो। 

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीय बासिन्दालाई सजग भएर रहन आग्रह गरेको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए। मृतावस्थामा भेटिनुपूर्व बाघको नियमन संयुक्तरूपमा बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गरिरहेको थियो। “

बाघ गाउँमा पसेको खबर स्थानीयवासीले गरेपछि हामीले स्थानीयवासीलाई सजग रहन आग्रह गरेका थियौं,” उनले भने, “अहिले अचानक बाघ मृत फेला परेको खबर थाहा पायौँ। बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय भोलिको परीक्षण रिपोर्टले बताउँछ तर अहिले नै बाघको मृत्यु के कारणले र कसरी भएको हो भन्ने विषयमा केही भन्न सकिँदैन।” 

निकुञ्ज संरक्षण अधिकृत शाहका अनुसार मृतक पाटेबाघको परीक्षण बुधबार गरिनेछ। 

 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *