Search
Close this search box.
Search
Close this search box.

बाँकेबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना: १२ जनाको मृत्यु

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

गएराति यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा खसेको हो। सात जनाको घटनास्थलमै, चार जनाको उपचारका लागि लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।

EPIC EPIC

दुर्घटनामा बाँकेकी कुसुम बस्नेत, हेटौंडाका शौरभ विष्ट, जुम्लाको चन्दननाथका मुनबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुमको गोतामकोटका दिपक डाँगी, भारतका योगेन्द्र राम, काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे र भारतको उत्तरप्रदेशका मुनेको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका २२ जनामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *