Search
Close this search box.
Search
Close this search box.

बाँके र बर्दियाका धानबालीमा विभिन्न रोकको संक्रमण

नेपालगञ्ज। बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिए ।
उनले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पु¥याउने उल्लेख गरे । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने यादवले बताए ।
बाँकेका अधिकांश ठाउँमा देखिएको गबारो सङ्क्रमण भने पछिल्लो समय नियन्त्रणमा आएको जानकारी दिँदै उनले बैजानाथ सबैभन्दा बढी प्रभावित भएको बताए । “यो पानी आएपछि नियन्त्रणमा आउँछ, त्यसैले अहिले गबारोको गम्भीर समस्या देखिँदैन”, उनले भने, “डुडुवा गाउँपालिका कम्दीमा भने बेरुवा रोगको सङ्क्रमण देखिएको छ ।” यादवका अनुसार यसअघि नेपालगञ्ज उपमहानगर आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।
जिल्लास्थित बाली संरक्षण प्रगोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियाको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगा रोगको समस्या देखिएको जानकारी दिए । उनका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बासगढीमा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको हो ।
प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिइएको बताए । उनले बाँकेको बैजनाथमा देखिएको गबारोको समस्या समाधान गर्न विषादीको सिफारिस गरेपछि त्यसको सङ्क्रमण नियन्त्रणमा आएको बताए । “धानमा गबारोको समस्या नियमित रुपमा देखिने समस्या हो, तापक्रमको घटबढले देखिन्छ”, पौडेलले भने । उनका अनुसार पछिल्लो समय वर्षा भएकाले धान खेतीबाट किसानले लाभ लिने देखिएको छ । रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *