Search
Close this search box.
Search
Close this search box.

बाँदरलाई कृषिबाली हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी 

काठमाडौं । सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल समेत भइसकेको छ । 

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाका अनुसार समितिमा छलफल चलिरहेको छ तर घोषणा भइसकेको छैन् । ‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा गरिसकेको छैन् । बँदेललाई गतबर्ष नै घोषणा गरिसकेको हो । बाँदरलाई पनि घोषणा गरिए राजपत्रमा आइहाल्छ नि,’ उनले नेपाल न्यूज बैंकसँग भने । कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि किसानले खेतबारीबाट बाँदरलाई धपाउन, लखेट्न, पक्रिन र मार्न पनि सक्ने बताइएको छ ।

EPIC EPIC

हालको अवस्थामा कुनै पनि वन्यजन्तुलाई लखेट्न, धपाउन, पक्रिन र मार्न कानुनविपरीत मानिन्छ । सरकारले यसअघि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । यसअघि बाँदर नियन्त्रणका विषयमा तालिम लिन भारत गएका वन र भेटेनरीका प्राविधिकको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको छ ।

बाघ, हात्ती, गैँडा, नीलगाई, चितुवा र बाँदरसहित विभिन्न १६ वटा प्रजातिका वन्यजन्तुले मानवीय तथा भौतिक क्षति पु¥याउने गरेकोले तत्कालै बाँदरको समस्या व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *