बाथरुममा लडेका माओवादी अध्यक्ष प्रचण्ड डिस्चार्ज, स्वास्थ्य सामान्य


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन्।

मंगलबार राति बाथरुममा चिप्लिएर लडेका दाहालको निधारमा सामान्य चोट लागेको थियो। राति करिब १२ बजेतिर उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो।

EPIC EPIC EPIC

उपचारपछि बुधबार बिहान नै उनलाई डिस्चार्ज गरिएको छ। दाहालकी छोरी गंगा दाहालका अनुसार, चिकित्सकले आवश्यक प्रारम्भिक जाँच गरेपछि सामान्य चोट मात्रै देखिएको र स्वास्थ्यमा गम्भीर समस्या नरहेको बताए।

‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँछु,’ गंगाले फेसबुकमा लेखेकी छन्, ‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्ने सबैमा धन्यवाद।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *