बानियानी खानेपानी कार्यालयमा स्थानीयद्वारा ताला, छ दिनदेखि पानीको अभाव

कचनकवल — कचनकवल–६ स्थित बानियानीमा लगातार छ दिनदेखि धारामा पानी नआएपछि आक्रोशित स्थानीय उपभोक्ताहरूले मंगलबार बानियानी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको कार्यालयमा ताला लगाएका छन्।

नवराज ढुंगानाको नेतृत्वमा देउमान बुढाथोकी, खगेन्द्र पाण्डे, पर्शुराम कार्कीलगायतले गरेको विरोध कार्यक्रमले खानेपानी व्यवस्थापनमा चरम लापरवाही भएको आरोप लगाएको छ। स्थानीयहरूका अनुसार पटक–पटक गुनासो गर्दा पनि समितिले कुनै सुनुवाइ नगरेको भनाई छ।

EPIC EPIC EPIC EPIC EPIC

“हामीलाई दैनिक जीवनका लागि पानी अत्यावश्यक छ, तर पानी माग्दा समितिका पदाधिकारीहरू लापरवाह बनेका छन्,” एक आक्रोशित उपभोक्ताले भने। उपभोक्ताहरूले समितिको निष्क्रियता र जवाफदेहिताको अभावप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले खानेपानी जस्तो आधारभूत सेवामा निरन्तर बेवास्ता भएको भन्दै समितिको कार्यशैलीप्रति तीव्र आपत्ति जनाएका छन्।

स्थानीयहरूले समितिका पदाधिकारीहरू व्यक्तिगत स्वार्थका लागि मात्र सक्रिय भएको आरोप पनि लगाएका छन्। “छ दिनसम्म पानी नआएको अवस्था सामान्य होइन,” ढुंगानाले भने, “तर समितिको ध्यान समस्या समाधानमा होइन, बहाना बनाउने र चुप लाग्नेमा सीमित छ। यस्तो गैरजिम्मेवार नेतृत्व अब सह्य हुँदैन।”

उपभोक्ताहरूले खानेपानी व्यवस्थापन समिति पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्। समस्या शीघ्र समाधान नभए थप कडा आन्दोलन गर्ने चेतावनी पनि उपभोक्ता समूहले दिएको छ।

यसबीच, समितिले केही दिनअघि देखिएको समस्या समाधान गर्न नयाँ मोटर जडान गरिएको जानकारी दिएको छ। तर भोल्टेज घटबढका कारण मोटर बिग्रिएको बताउँदै समितिले प्राविधिक टोली खटाएर मर्मतको काम जारी रहेको जनाएको छ।

खानेपानीको चरम अभावको असर शैक्षिक क्षेत्रमा पनि पर्न थालेको छ। कचनकवल विद्या मन्दिरमा खानेपानीको अत्यधिक अभाव तथा बढ्दो गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको जनाउँदै विद्यालयले आज मध्यान्हबाट भोलिसम्मका लागि कक्षा स्थगन गरिएको जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *