२०८० असाेज २२ गते जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं. १ स्थित हरैया गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरि ५ (पाँच) जना बालिकाहरू हराएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराले २०८० असाेज २३ गते फोटो सहितको खबर प्राप्त गरेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय बारामा सूचना प्राप्त हुन साथ तत्कालै खटिएको विशेष प्रहरी टोलीले विभिन्न विधिमार्फत खोज तलास गर्दै जाँदा मिति २०८०असाेज २४ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा रहेको रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा बालिकाहरू फेला पारेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, जिल्ला मोतिहारी, पूर्वी चम्पारण, थाना ढाका, बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पाल सहित निज बालिकाहरूलाई उद्धार गरिकाेछ ।
जिल्ला प्रहरी कार्यालय बारामार्फत बालिकाहरूका अभिभावकहरूलाई जिम्मा लगाईएको र अभियुक्त युवकलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भई रहेको जानकारी दिइएकाे छ ।