पालिका सन्देश । भारतीय फुटबल महासंघ (AIFF) ले राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्तिको क्रममा आफैंलाई हास्यास्पद स्थितिमा पुर्याएको छ।
AIFF ले केही दिनअघि मिडियामा ठूला कुरा गर्दै भनेको थियो कि “विश्वप्रसिद्ध बार्सिलोना पूर्व कप्तान जाभी हर्नान्डेजले प्रशिक्षक बन्न आवेदन दिएका थिए, तर उनले धेरै पारिश्रमिक मागेका कारण हामीले अस्वीकार गर्यौं।”
तर घटना त्यत्तिमा रोकिएन। जाभीका आधिकारिक प्रतिनिधिहरूले तत्कालनै स्पष्टीकरण जारी गर्दै भने, “जाभीले यस्तो कुनै आवेदन दिएका छैनन्। उनले उक्त पदमा चासो नै देखाएका छैनन्।”
त्यसपछि मात्र AIFF ले “जाँच गर्छौं” भन्यो। छानबिन गरेपछि पत्ता लाग्यो, एक १९ वर्षीय किशोरले जाभीको नक्कली इमेल खाता बनाएर आवेदन पठाएको रहेछ। त्यो पनि बिना कुनै प्रमाण वा संवाद पुष्टि गरिकन, AIFF ले मिडियामा तुरुन्तै घमण्डका साथ प्रचार गर्यो।
यस घटनाले AIFF को आधिकारिक प्रक्रिया र पेशागत गम्भीरतामा गम्भीर प्रश्न उठाएको छ।
अब आलोचकहरूले प्रश्न उठाइरहेका छन्ए, उटा यति ठूलो संस्था कसरी एउटा नपक्का इमेलको भरमा निर्णय लिन्छ? न त पृष्ठभूमि जाँच, न त प्रतिनिधिसँग सम्पर्क, बस प्रचारको हतार।