बार्ह्रदशी। ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्याब्सन झापा र प्याब्सन बार्ह्रदशीको समन्वयमा गाउँपालिका स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।
बार्ह्रदशी गाउँपालिका-३ मा रहेको दिब्य ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना भएको प्रतियोगितामा बार्ह्रदशी प्याब्सनका अध्यक्ष मनोज खरेलको सभापतित्व रहेको थियो त्यस्तै, कार्यक्रमको प्रमुख अतिथिहरुमा गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाईं र अतिथिहरुमा बार्ह्रदशी गाउँपालिकाकी उपाध्यक्ष सान्ता खरेल, शिक्षा साखा प्रमुख ज्ञान बहादुर पौडेल, बार्ह्रदशी गाउँपालिका-३ का वडा अध्यक्ष टंक प्रसाद शाह, झापा प्याब्सनका सचीव लक्ष्मी उप्रेती तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र प्रसाद कार्की रहेका थिए भने उक्त कार्यक्रम सोही विद्यालयका शिक्षक सिताराम बरालले सञ्चालन गरेका थिए।
विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न टेवा पुर्याउने उदेश्यले बार्ह्रदशी प्याब्सन अन्तर्गतका १२ विद्यालय सहभागी रहेको उक्त प्रतियोगितामा विभिन्न तहका ९ वटा विधाहरु प्रतियोगितामा समाबेश गरिएको थियो जसमध्ये कबिता लेखन तथा बाचन प्रतियोगितामा अन्य ११ बिद्यालयका प्रतिस्पर्धी उछिन्दै कञ्चन ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयकी छात्रा आशिका सिटौला र सोही विद्यालयका छात्र एन्जल बोहरा प्रथम भएका थिए।



















