बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको बिरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
माईतीघरमा सरकारको बिरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।
थप सामग्री : https://ehimalayatimes.com/2023/12/186027/