झापा। झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानिय तह घोषणा गर्ने कार्यले तिब्रता पाएको छ।

सोमबार कमल गाउँपालिकामा बालमैत्री स्थानीय शासन स्थापनाका लागी जिल्ला स्तरीय अनुगमन सम्पन्न भएको छ।

गाउँपालिकाले गरेका प्रयास, सूचक प्राप्ति तथा गुणस्तरका सम्बन्धमा स्थलगत अवलोकन तथा सर्वेक्षण गर्न जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिका संयोजक जिल्ला समन्वय समिति झापाका प्रमुख श्री विश्वनाथ बरालको संयोजकत्वमा अनुगमन सम्पन्न भएको हो।

त्यस्तै, अनुगमनमा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का, कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, शिक्षा विकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार वि.क, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, प्रशासन कार्यालयबाट अधिकृत प्रतिनिधि महेशराज तिम्सिना, प्रहरी कार्यालयवाट अधिकृत प्रतिनिधि धनबहादुर राजवंशी, जिल्ला समन्वय समिति झापाका अधिकृत बिक्रम लिम्बु लगायतको उपस्थितिमा अनुगमन कार्य सम्पन्न भएको कमल गाउँपालिका बाल सञ्जालका अध्यक्ष बिनोद थापाले जानकारी दिएका छन् ।
त्यसका साथै कोशी प्रदेशको सबैभन्दा पहिलो बालमैत्री गाउँपालिकासमेत बन्ने निश्चित भएको छ।
