बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा देवी माविका सुरक्षा गार्ड पक्राउ

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्कुलका सुरक्षा गार्ड पक्राउ परेका छन् ।

झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माद्यमिक विद्यालयका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन् ।

EPIC EPIC EPIC

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड बिर्तामोड-४ निवासी ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन दुर्व्यवहार अभियोगमा गत बुधबार पक्राउ परेका हुन् ।

कराते खेल्न आएकी बिर्तामोड-६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *