Search
Close this search box.
Search
Close this search box.

बाली बीमामा सूर्योदय नगरापालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदान

सूर्योदय। इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधि समेत तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए ।

अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बीमासम्बन्धी तालिम दिन थालेको छ । ‘नगरले पशुपक्षी र बाली बीमाबारे किसानलाई जानकारी दिन टोलटोलमा तालिम र अन्तक्र्रिया गरिरहेका छौँ’, उनले भने, ‘सबै वडा र टोलमा कार्यक्रम सकेपछि यथेष्ट तथ्यका आधारमा बीमाबापतको अनुदान दिनेछौँ ।’ पशुपक्षी र बाली बीमामा किसानले व्यहोर्ने बीमा शुल्कको आधा रकम सूर्योदयले व्यहोर्ने भएको हो । बीमा प्रोत्साहनका लागि रु १० लाख विनियोजन गरेको छ ।

EPIC EPIC EPIC

पशु र बाली बीमामा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ । यसैबीच सूर्योदय नगरपालिकाले लम्पीस्किन महामारीबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन थालेको छ । नगरले माउ गाई मरेका किसानलाई रु २० हजार, कोरली गाई मरेका किसानलाई रु १० हजार र गोरु मरेका किसानलाई रु पाँच हजार राहत दिन थालेको नगरप्रमुख राईले बताए । लम्पीस्किन रोगबाट नगरपालिकाभर सात सय ४४ गाईवस्तु मरेका थिए । सूर्योदयले लम्पीस्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न रु एक करोड २५ लाख विनियोजन गरेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *