काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘मेरो माया लाग्छ ?’ भन्दै लेखेको फेसबुक स्टाटस डिलिट गरेका छन् ।
शनिबार राति १० बजेपछि उनले यो स्टाटस सार्वजनिक रूपमा पोस्ट गरेका थिए, जसमा उनले फेसबुक प्रयोगकर्ताहरूलाई प्रश्न गरेका थिए, ‘मेरो माया लाग्छ ?’ तर आइतबार बिहानसम्म यो स्टाटस सार्वजनिक रूपमा देखिएन ।
साहले त्यस स्टाटस या त पूर्ण रूपमा मेटाएका छन् वा ‘वन्ली मी’ सेटिङमा परिवर्तन गरेका छन्, जसले गर्दा सबैले देख्न सक्दैनन् ।
यो पहिलो पटक होइन कि मेयर साहले यस्ता स्टाटसहरू सामाजिक सञ्जालमा पोस्ट गरेको । उनको यस्तो स्टाटस प्याटर्न अनुसार प्रायः शुक्रबार र शनिबार रातमा यस्ता स्टाटस पोस्ट गर्ने गरेको पाइएको छ । यसका कारण उनको आलोचना समेत हुने गरेको छ ।