Search
Close this search box.
Search
Close this search box.

बाल दिवसमा सूर्योदय नगर बाल सञ्जालले विविध कार्यक्रम गर्ने

सूर्योदय। बाल दिवस तथा बालमैत्री स्थानीय शासन मुक्त घोषणाको प्रथम वार्षिकोत्सबको अवसरमा सूर्योदय नगर बाल सञ्जालले विभिन्न कार्यक्रम गर्ने भएको छ।

भदौ २९ गते इलाम जिल्लाको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय नगर बाल सञ्जालले बाल दिवसको अवसर पारी बालबालिका लक्षित विभिन्न कार्यक्रम गर्ने भएको हो।

EPIC

सूर्योदय नगर बाल सञ्जालको आयोजना तथा नगरपालिकाको महिला तथा बालबालिका शाखा र शिक्षा युवा तथा खेलकुद शखाको सहयोगमा कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रमा झाँकी प्रतियोगिता, स्रोत कक्षाका विद्यार्थीहरुको चित्रकला प्रतियोगिता, बालबालिकाको स्मारिका प्रकाशन, दिप प्रज्वलन र निबन्ध प्रतियोगिता आयोजना गर्ने बाल सञ्जालका उपसचिव सुअम प्रधानले जानकारी दिएका छन्।

उनका अनुसार कार्यक्रम सूर्योदय नगरपालिका १२ मा रहेको कारफोक माध्यमिक विद्यालयमा बिहान १० बजेबाट सञ्चालन हुने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *