Search
Close this search box.
Search
Close this search box.

बासस्थान गुमाएकालाई ५० हजार दिने सरकारको निर्णय

काठमाडौ । सरकारले बेमौसमी वर्षा र यसका कारण आएको प्राकृतिक विपत्तिबाट बासस्थन गुमाएकालाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा बासस्थन भत्किएर बिचल्ली भएकाहरूलाई राहतस्वरुप प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

EPIC EPIC EPIC

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा।अनिल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरूलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको डा। पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्‍याएको स्थानमा आफैँ जाने तयारी गरेको समेत उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *