पानी पिएर विरामी परेका बाह्रदशीका १७ विद्यार्थीमा ‘मास हिस्टोरीया’ भएको पुष्टि


झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएपछि ‘मास हिस्टेरिया’ भएको पुष्टि गरिएको छ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका बालरोग विशेषज्ञ डा. दिनेश साहका अनुसार विद्यालयबाट भर्ना गरिएका सबै बालबालिकामा मास हिस्टेरियाका लक्षण देखिएको हो। उनका अनुसार “विद्यालयमा नाचगानपछि पानी पिएलगत्तै बालबालिकालाई पेट दुख्ने जस्ता लक्षण देखिएपछि अस्पताल ल्याइएको थियो। प्रारम्भमा फुडपोइजनको आशंका गरिए पनि परीक्षणपश्चात् मानसिक कारणले हुने ‘मास हिस्टेरिया’ भएको पुष्टि भएको हो,” डा. साहले बताए।

EPIC EPIC EPIC EPIC EPIC

उनले थपे, “फुडपोइजन पानी पिएपछि १० मिनेटमै देखिँदैन। तर मास हिस्टेरिया भने एक जनामा देखा परेपछि त्यसको मनोवैज्ञानिक प्रभावले अन्यमा पनि उस्तै लक्षण देखिन सक्छ। सामान्य उपचारपछि सबै बालबालिका निको भई घर फर्किएका छन्।”

विद्यालय परिसरमै रहेको धाराको पानी सेवन गरेपछि दिउँसो करिब २ बजे बालबालिकालाई पेट दुख्ने समस्या देखिएको थियो। त्यसपछि विद्यालय प्रशासन र शिक्षकको सहयोगमा उनीहरूलाई तत्काल बिर्तासिटी अस्पताल लगिएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल खगेन्द्र सुवेदीका अनुसार कक्षा ४ र ५ मा अध्ययनरत बालबालिकामा यस्तो लक्षण देखिएको हो। “समयमै उपचारका लागि लैजाँदा सबै बालबालिका सकुशल घर फर्किएका छन्,” सुवेदीले जानकारी दिए।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलकुमार राईको टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा दूषित पानीको आशंका गरिएको भए पनि चिकित्सकले मास हिस्टेरियाको पुष्टि गरेका छन्।

के हो ‘मास हिस्टेरिया’?

डा. दिनेश साहका अनुसार मास हिस्टेरिया (Mass Hysteria) वा ‘मास कनभर्जन डिसअर्डर’ एक प्रकारको मानसिक समस्या हो, जसमा व्यक्तिले आफ्नो वर्तमान अवस्थासँग मानसिक रूपमा समन्वय राख्न सक्दैन। यसले गर्दा उनीहरूमा बेहोस हुने, बक्ने, काम्ने, पेट दुख्ने जस्ता लक्षण देखा पर्न सक्छन्। जब यस्ता लक्षण एक व्यक्तिबाट समूहमा फैलिन्छ, त्यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ।

डा. साहका अनुसार बिर्तासिटी अस्पतालमा आएका बालबालिकामा पनि उस्तै लक्षण देखिए पनि सामान्य उपचारपछि सबैमा सुधार आएको हो।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *