Search
Close this search box.
Search
Close this search box.

बाह्रदशीमा अटोको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु


राजगढ। झापाको बाह्रदशीमा लक्ष्मिपूर-राजगढ सडकखण्डमा अटोको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँमा स्कुल बस बाट अोर्लिएर घर तर्फ जानेक्रममा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर दिएको थियो ।

EPIC

टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा बोल्न नसक्ने गम्भीर घाइते बालकलाई थप उपचारको लागि बिराट मेडिकल अस्पतालको आइसीयु कक्षमा राखी उपचार भइरहेकोमा आज ४.५३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय कुमार तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *