बाह्रदशीमा विद्यालयको धाराको पानी पिएपछि १७ विद्यार्थी बिरामी

बिर्तामोड, जेठ ७ । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन इङलिस सेकेन्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थी विद्यालयको धाराको पानी पिएपछि बिरामी परेका छन्।

प्रहरीका अनुसार विद्यार्थीहरुले आज दिउँसो २ बजे विद्यालय परिसरमा रहेको धाराबाट पानी पिएपछि पेट दुख्ने समस्या देखिएको हो। त्यसपछि उनीहरुलाई विर्तासिटी अस्पताल, बिर्तामोडमा भर्ना गरिएको छ। विद्यालयका शिक्षकहरुले बिरामी विद्यार्थीलाई अस्पताल पुर्‍याएका थिए।

EPIC EPIC EPIC EPIC

बिरामी पर्नेमा कक्षा ८ देखि ११ सम्म अध्ययनरत छात्रछात्रा छन्। उनीहरूमध्ये केहीको अवस्था सामान्य रहेको र केहीको अवस्था परीक्षणपछि मात्र थाहा हुने अस्पताल स्रोतले जनाएको छ।

बिरामी विद्यार्थीहरुमा राजु किस्कुकी छोरी सुमित्रा किस्क (११ वर्ष), राहुल विककी छोरी रेवन विक (१० वर्ष), ओमनाथ अधिकारीकी छोरी प्रनिसा अधिकारी (९ वर्ष), उर्मीला बर्देवाकी छोरी खुश्बु बर्देवा (९ वर्ष), राजेन्द्र सुन्दासकी छोरी सुप्रिया सुन्दास (१० वर्ष), राजकुमार शर्माकी छोरी सेन्जे हाङमा शर्मा (१० वर्ष), नरेश गजुरेलकी छोरी मनिता गजुरेल (१० वर्ष), गोविन्द रिजालकी छोरी बिना रिजाल (११ वर्ष), बेनु ढकालका छोरा आदित्य ढकाल (११ वर्ष) रहेका छन्।

त्यस्तै, मनकुमार राईकी छोरी अरबिदा राई (११ वर्ष), रेखा कार्कीका छोरा सुशान्त कार्की (११ वर्ष), हरि कार्कीकी छोरी प्रनिसा कार्की (११ वर्ष), नरेश मावोकी छोरी सृष्टि मावो (१० वर्ष), पप्पु साहकी छोरी ग्रीष्मा साह (११ वर्ष), विकास तामाङकी छोरी अनुसा भुजेल (८ वर्ष), पदम भुजेलकी छोरी ईसिका भुजेल (९ वर्ष) र डम्बर लिम्बूकी छोरी वर्षा लिम्बू (९ वर्ष) रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विद्यालयमा प्रयोग हुने खानेपानीको गुणस्तर परीक्षण गर्न पनि स्थानीय तहले पहल थालेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *