बाह्रदशीमा वृहद् मकै खेती, तर मल र सिँचाइमा समस्या

झापा — झापाको बाह्रदशी गाउँपालिका–१, सिप्टाबारी क्षेत्रमा व्यापक रूपमा मकै खेती भइरहेको छ। करिब सय बिघा भन्दा बढी एउटै प्लटमा मकै खेती गरिएको यो क्षेत्रमा प्रायः हरेक परिवारले ५ देखि ७ बिघा जमिनमा खेती गर्दै आएका छन्। झापाको १५ वटै पालिकामध्ये बाह्रदशी मकै उत्पादनका हिसाबले पहिलो स्थानमा छ भने झापा गाउँपालिका दोस्रो स्थानमा रहेको छ।

तर, यहाँका किसानहरूले मल र सिँचाइको समस्याले चिन्तित भएको बताएका छन्। पालिकाले सिँचाइका लागि बिजुली महसुल निःशुल्क गरे पनि कम भोल्टेज र अनियमित आपूर्तिका कारण किसानहरू डिजेल पम्प प्रयोग गर्न बाध्य छन्। किसानहरूका अनुसार एक बिघा मकै रोप्नेदेखि उत्पादनसम्म करिब ८ देखि १० हजार रुपैयाँ सिँचाइमै खर्च हुने गरेको छ।

EPIC EPIC EPIC

स्थानिय कृषकहरूले अर्को समस्या भूमिको सहज उपलब्धतासँग पनि जोडिएको बताएका छन्। बंगलादेश र भारतबाट आएका व्यापारीहरूले धनाढ्य वर्गका जमिनहरू ठेक्कामा लिई अत्यधिक रासायनिक मलको प्रयोग गर्दै खेती गरिरहेकोले स्थानीय किसानहरू जमिन भाडामा लिनबाट बञ्चित हुने गरेका छन्। यसले माटोको उर्वरशक्ति पनि क्रमशः कमजोर बनाउँदै लगेको किसानहरूको गुनासो छ।

यसैबीच, बाह्रदशी गाउँपालिकाले किसानहरूका लागि थ्री-फेज लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइसकेको छ। गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईंका अनुसार अब केही दिनमै पर्याप्त भोल्टेजसहितको बिजुली किसानहरूको खेतमै पुग्नेछ। साथै, उनले यस क्षेत्रमा कृषि पोल र कृषि सडकको स्तरोन्नति गर्न बाँकी रहेको जानकारी दिए।

हाल बाह्रदशीका किसानहरूले प्रति बिघा १०० देखि १३० मनसम्म मकै उत्पादन गर्दै आएका छन्। कृषि उत्पादन वृद्धि गर्न स्थानीय सरकारको सहयोग आवश्यक रहेको किसानहरूको भनाइ छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *