Search
Close this search box.
Search
Close this search box.

बिएण्डसी अस्पतालमा स्वास्थ्य बीमा लागु हुँदै

बिर्तामोड। स्वास्थ्य बीमा बोर्डले झापाको बीएण्डसी सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिनुभयो ।

बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन्।

EPIC EPIC EPIC

यसैगरी दुईवटा आँखा अस्पताल दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखरा छन्। अहिले बीमा कार्यक्रम पाउने अधिकांस मेडिकल कलेज बीचमा आफैं बाहिरिएका थिए। बोर्डले समयमै उक्त रकम भुक्तानी नगरेको भन्दै उनीहरु बाहिरिएका थिए। बीमा कार्यक्रमबाट निस्किएसँगै बिरामीहरु घटेपछि उनीहरुले फेरि लबिङ थालेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *