कचनकवल। कचनकवल गाउँपालिका–५ का वडा सचिव दिनेशकुमार गणेशलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिदाको दिन सरकारी नम्बर प्लेट भएको मोटरसाइकलको दुरुपयोग गरी भारतीय भूमिमा प्रवेश गर्नुका साथै ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा उनलाई कारबाही गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार, गत साउन १७ गते (शनिवार) सचिव गणेश परिवारका सदस्यसहित मोटरसाइकलमा भारतको बिहार राज्य, किशनगन्ज जिल्लास्थित सीमावर्ती बजार कादोगाउँ पुगेका थिए। यस क्रममा उनलाई रु ५०० जरिवाना तिराउँदै एक पटककालागि सचेत गराइएको प्रहरीले जनाएको छ।
सचिव गणेशले चलाएको मोटरसाइकलको तस्वीर पालिका सन्देश मा प्रकाशित भएको थियो।



















