Search
Close this search box.
Search
Close this search box.

बिद्याथीलाई ‘साइन्स सिटी’ भ्रमण गराएर बुधबारे जेसीजको जेसीज सप्ताहको सुरुवात

बुधबारे(पालिका सन्देश) । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२३ को जेसीज सप्ताह शुक्रवारबाट शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर सप्ताह शुरुवात गरेको छ ।

सामाजिक क्षेत्रमा आफ्नो बेग्लै छाप बनाउँदै आएको बुधबारे जेसीजले विद्यार्थीहरुलाई विज्ञान सम्बन्धि जानकारी दिन भारतको सिलुगुडीमा रहेको साइन्स सिटी विज्ञान सङ्ग्रहालयमा भ्रमण गराएको हो । उक्त सङ्ग्रहालयमा विद्यार्थीहरुले परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य मुख्य नमूना देख्न पाएका थिए । जसबाट विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिन पाएर खुसी भएका थिए ।

EPIC

जेसीज सप्ताहको शुभारम्भ बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथा नेपाल जेसीज बर्ष २०२३ का उपाध्यक्ष सिनेटर अनुप सुनवारको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा पूर्व अध्यक्ष नन्दकुमार याफू राई, मुकेश भट्टराई, महानन्द शिक्षा सदनका प्रिन्सिपल भिम श्रेष्ठ, शिक्षिका सुभद्रा योङ्याङ लगायतले शुभकामना मन्तव्य राख्दै जेसीले समुदायस्तमा यस्ता किसिमका काम गरेकोले खुसी व्यक्त गरेका थिए ।

जन्म दिन खास दिन अन्तरगत बुधबारे जेसीका पूर्व अध्यक्ष मुकेश भट्टराई, कार्यकारिण्ी उपाध्यक्ष अनिल घिमिरेको जन्मदिको अवसर पारेर बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का १ सय १८ जना विद्यार्थीहरुलाई नि:शुल्क भ्रमण गराईको बुधबारे जेसीका उपाध्यक्ष तीर्थ तिम्सिनाले बताएका छन् ।

कार्यक्रम संयोजक अनिल घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रममा जेसीज आस्था पाठ तालिम संयोजक गजुहाङ योङहाङले बाचन गरेका थिए । कार्यक्रम महासचिव कुशल अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा बुधबारे जेसीका उपाध्यक्ष प्रेम गौतम, कोषाध्यक्ष राज पौडेल, सञ्चारकर्मी ज्ञानु भट्टराई, विभिन्न विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *