बिपीनको रिहाईको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाने

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् ।

गाजामा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ गते कतार जान लागेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले विपीनको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मंसिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनले दोहा २१औँ फोरममा पनि सहभागी हुने जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *