Search
Close this search box.
Search
Close this search box.

बिराटनगरमा एम्बुलेन्सबाट साढे २१ केजी गाँजा बरामद

प्रहरीले विराटनगर–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको छ ।

मङ्गलबार राति १० बजे इलाका प्रहरी कार्यालय बुधनगरको टोलिले को १ च ४६१९ नम्बरको एम्बुलेन्समा गाँजा लैजादै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको हो ।

EPIC

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार विशेष सूचनाका आधारमा त्यहाँ पुगेको एम्बुलेन्सलाई चेकजाँच गरिएको थियो । दशगजातर्फ गइरहेको एम्बुलेन्स चेकजाँच गर्दा डिकीमा लुकाएको अवस्थामा २१.५ केजी गाँजा बरामद भएको थियो ।

राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित एम्बुलेन्सका चालक ३८ वर्षीय गंगा सरकारलाई प्रहरीले गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सरकारको साथबाट ४० हजार रुपियाँ समेत बरामद भएको छ । चालक समेत धरान–११ निवासी हुन् ।

सीमा नजिक एम्बुलेन्समा गाँजा बरामद भएपछि आसपास खोजतलास गरिएको थियो । त्यस क्रममा भारतीय बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको प्रहरीले जानकारी दिइएको छ ।

यसैगरी, विराटनगर–१८ बाटै खेतमा परालले छोपेर राखेको १६.५ केजी गाँजा समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले सीमा नजिकबाट एकैदिन ४२ केजी गाँजा बरामद गरेको हो । गाँजा पक्राउ परेको स्थानदेखि सीमा क्षेत्र नजिकै पर्दछ । आईसिपी नजिक रहेको यो क्षेत्रबाट एक किलोमिटर दुरीमा सीमा क्षेत्र रहेको छ । पक्राउ परेका चालक, नियन्त्रण गरिएको एम्बुलेन्स र बरामद गाँजाको विषयमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *