Search
Close this search box.
Search
Close this search box.

बिरिङ पुलमा कारको ठक्करबाट कनकाई ३ का बस्नेत घाइते

झापा। झापाको कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुल माथिबाट खस्दा गम्भीर घाइते भएका छन् ।

आइतबार दिउँसो २ बजेको समयमा बिरिङ पुलस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ प ३६९६ नम्बरको कारले विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१५ प ७६९७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कनकाई-३ नमुना टोल बस्ने वर्ष अन्दाजी ४५ का देवेन्द्र बस्नेत पुल माथिबाट खस्दा घाइते भएका हुन् ।

EPIC

घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएको छ । उनको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको जनाइएको छ । स्कुटर इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ । कार र कार चालक बुद्धशान्ति गाउँपालिका-३ महानन्द टोल बस्ने वर्ष ४६ का सुशान्त श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *