Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडको पुरानो बिजुली अफिसमा प्राधिकरणको नयाँ सवस्टेशन बन्ने

बिर्तामोड। झापाको बिर्तामोडमा नेपाल विद्युत प्राधिकरणको नयाँ सवस्टेशन बन्ने भएको छ ।

बिर्तामोड ४ स्थित पुरानो बिजुली अफिसको जग्गामा सो सवस्टेशन बन्ने भएको हो । ३३÷११ केभीको सवस्टेशनको लागि टेन्डर प्रक्रिया शुरु हुन लागेको प्राधिकरणका अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार साहले बताए । उनले करिव एक वर्षभित्र त्यहाँ सवस्टेशन निर्माण भइसक्ने जानकारी दिए । सवस्टेशनमा ट्रान्सफर्मर , ग्रीड , क्वाटरलगायतका उपकरण र संरचना निर्माण हुनेछ ।

EPIC EPIC

अनारमनी वितरण केन्द्र नयाँ ठाउँमा सरेपछि पुरानो बिजुली अफिस विगत २६ वर्षदेखि प्रयोगविहीन बनेको छ । घरहरु भत्किसकेका छन् भने पुरै क्षेत्र झाडीले छोपिएको छ । त्यहाँ सरसफाई र रंगरोकन गर्ने कार्य भइरहेको साहले बताए ।

साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, बारा, सर्लाही, नवलपुर, गोरखा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीका १९ स्थानमा विद्युतीकरण विस्तार तथा चुहावट न्यूनीकरण आयोजनाअन्तर्गत ३३÷११ केभी सवस्टेसन निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *