बिर्तामोडको प्रभु बैंकबाट १ करोड १७ लाख रुपैंया गायब, पीडित परिवारको बिचल्ली

झापा- बिर्तामोड-५ स्थित मम फ्याक्ट्रीका संचालक टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालको नाममा रहेको प्रभु बैंक बिर्तामोड शाखाबाट १ करोड १७ लाख रुपैयाँ गायब भएको घटनाले पीडित परिवारलाई विचलित बनाएको छ। बुधवार आयोजित पत्रकार सम्मेलनमा टीकाराम नेपालले ६ महिनापछि खातामा मात्र २ लाख रुपैयाँ देखिएको जानकारी दिनुभयो।

EPIC

टीकाराम नेपालले विभिन्न समयमा १ करोड १९ लाख रुपैयाँ प्रभु बैंकमा जम्मा गरेको बताउँदै बैंकले दिएको प्रमाणपत्र समेत देखाउनुभयो। बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले नियतबश रकम हिनामिना गरेर सम्पर्कविहीन बनेको आरोप नेपालले लगाउनुभएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ।

EPIC EPIC EPIC

बैंकका प्रवन्धक गणेशबहादुर बरालले बैंकले केन्द्रीय स्तरबाट छानबिन समिति बनाईसकेको र छिट्टै बिर्तामोडमै आएर छानबिन थाल्ने बताउनुभयो। सिटौला नेपालकै घरमा आएर गल्ती स्वीकार गरी जागिर जोगाईदिन आग्रह गरेको नेपालले बताउनुभयो। सिटौलाले घरमा छाडेको झोला प्रहरीले बरामद गरेको र उक्त झोलामा अन्य व्यक्तिको रकम झिकेको भौचर चेकलगायत भेटिएको जानकारी दिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

0 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *