बिर्तामोडको प्लाई फ्याक्ट्रीमा आगलागी, तीन लाखको क्षति

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका ३ स्थित सुर्यनगरमा रहेको प्लाइ फयाक्ट्रीमा आगलागी भएको छ ।

EPIC

रिद्धी सिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अनुप अग्रवालले सञ्चालन गरेको फ्याक्ट्रीमा शुक्रबार बिहान ४ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

EPIC EPIC EPIC

प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउँमा अचानक आगलागी भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेची नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा सवा पाँच बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *